फोरमसँग चाँडै एकता हुन्छ : नेता महतो

प्रकाशित मिति: १२ पुष २०७४, बुधबार

काठमाडौं, १२ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच चाँडो पार्टी एकता हुने प्रष्ट पारेका छन् । आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने बताएका हुन् ।

धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएर प्रदेश नं.२ को सरकार राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारेका छन् । उनले अहिलेको जनमत दुई पार्टी एकताका लागि नै भएकोले पनि राजपा र फोरमबीच चाँडो एकता हुने बताएका हुन् ।

उनले छ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै फोरमसँग एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् भने मुख्यमन्त्री दुई वटा पार्टीमध्ये एउटाबाट बन्नुपर्ने धारण व्यक्त गरेका छन् । त्यसै सिलसिलामा उनले राष्ट्रियसभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत व्यक्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट