रिपोर्टर नेपाल समाचार
काठमाडौं, १२ पुस । एक जिल्लामा वित्तीय कारोबार गरिरहेका विकास बैंक र वित्त कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्नको लागि दुई वर्ष समय थपिएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गरी ०७६ को पुससम्म चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको हो ।
उक्त जारी निर्देशनभन्दा अगाडि वाणिज्य बैंक, विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीले गत आव ०७३/०७४ भित्र पूँजी पुर्याउनु पर्ने थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी बढाउन बोनस शेयर, हकप्रद शेयर र थप निष्काशन(एफपीओ) जारी गरेका छन् ।