ओमानले उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा सघाउने

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार

काठमाडौं, ११ पुस । नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले सघाउने प्रतिबद्धता गरेका छन् । मस्कटस्थित नेपाली राजदूतावासका अनुसार ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुलीसँग सोमबार भएको भेटमा उनले दुबै देशबाट आयात–निर्यात बढाउन सहकार्यका प्रशस्त सम्भावना रहेको बताएका छन् ।

ओमानका वाणिज्य सचिवले नेपाली उद्यमी व्यवसायीलाई नेपालका उत्पादन ओमानमा बिक्री वितरणको प्रबन्ध मिलाउन आग्रह गर्नुका साथै ओमान–नेपाल व्यावसायिक सम्मेलन आयोजनाका निम्ति सघाउने बताएका हुन् ।

भेटमा कृषि, भौतिक पूर्वाधार तथा जलस्रोत र उत्पादनमूलक क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेको जानकारी दिँदै राजदूत पराजुलीले ती क्षेत्रमा लगानी गर्न आग्रह गरिन् । उनले नेपाली उत्पादनलाई भन्साररहित बजारसम्मको पहुँच उपलब्ध गराउन समेत आग्रह गरेकी छिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट