वैद्यद्वारा माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आह्वान

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार

काठमाडौं, ११ पुस । कम्युनिष्ट नेता माओत्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका महासचिव मोहन वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् । नेता वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताए ।

माओले चीनमा मात्र होइन विश्वक्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको जनाए । उनले भने, सिंगोे विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेस्र्याइएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट