चुनावी समीक्षा गर्न बसेको कांग्रेस बैठक कक्षमै कार्यकर्ताबीच कुटाकुट

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार

स्याङजा, ११ पुस । चुनावी समीक्षा गर्न बसेको बैठकमा कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट भएको छ । सोमबार स्यङ्जा कांग्रेसले क्षेत्र नं.२ स्तरीय बैठक बोलाएकोमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको हो ।

चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपमा पौडेल पक्षका भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफूहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ । झडपमा ढकाल र अर्याल गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौं पठाइएको छ ।

उता, स्याङजा कांग्रेसका नेताहरुले भने पार्टी बैठकमा छलफल हुँदा सामान्य हात हालाहाल भएको तर खासै ठूलो घटना नभएको बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट