कञ्चनपुर फुटबल संघको अध्यक्षमा गणेशबहादुर चन्द निर्वाचित

प्रकाशित मिति: १० पुष २०७४, सोमबार

भीमदत्तनगर, १० पुस । कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा गणेशबहादुर चन्द निर्वाचित भएका छन् । संघको उपाध्यक्षत्रयमा दिनेशकुमार श्रेष्ठ, जीतबहादुर तामाङ र गजेन्द्र पाण्डेय, महासचिवमा रमेश चन्द र कोषाध्यक्षमा महेशप्रशाद जोशी निर्वाचित भएका छन् ।

त्यस्तै संघको सदस्यहरुमा क्रमशः मायाकुमारी भट्ट, टिकेन्द्र सिंह, पदमबहादुर चन्द, लालमन तामाङ, राजेन्द्र चन्द, भीमबहादुर थापा, नितीश रावल, दीपककुमार सिंह र सुरेन्द्र कठायत निर्वाचित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट