समृद्ध गोरखा र खुसी गोरखाली अभियान जारी रहने : नेता श्रेष्ठ

प्रकाशित मिति: १० पुष २०७४, सोमबार

गोरखा, १० पुस । निर्वाचनमा गोरखा–२ मा पराजित भएपछि निर्वाचनको समीक्षा गर्न आज गोरखा आएका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा निर्वाचनमा बाम गठबन्धनलाई प्राप्त जनादेशभित्र बाम आदेश पनि रहेको बताएका छन् । आफूले चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहने उनको भनाई थियो ।

श्रेष्ठले गोरखा क्षेत्र नं.२ मा जनताको चयनमा यसपटक माओवादी नपरेको भन्दै मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको बताए । उनले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताएका छन् । पार्टी एकतालाई छिटोभन्दा छिटो घोषणा गर्ने र एकीकृत पार्टी बन्ने प्रतिबद्धता हाम्रो भएकोले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता भएमा राम्रो हुने भन्दै श्रेष्ठले एकीकृत पार्टीले संचालन गरेको सरकार स्थिर हुने र समृद्धिका लागि काम गर्न सक्ने बताएका छन् ।

कुनै पनि ढंगले जनताको जनादेशलाई अपमानित गर्ने, उपेक्षा गर्ने, सरकार गठन गर्ने प्रक्रियालाई अवरुद्ध गर्न नहुनेमा सचेत गराउँदै नेता श्रेष्ठले वामपन्थीलाई देशभरबाट प्राप्त जनादेश, जनमत भनेको पार्टी एकता गर्नुपर्छ भन्ने रहेको जनाए । उनले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश प्राप्त भएको समेत प्रष्ट्याएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट