दिपेश र शोभाको जोडी फाइनलमा

प्रकाशित मिति: ९ पुष २०७४, आईतवार

राजेश थापा मगर
काठमाडौं, ९ पुस । नेपालका दिपेश धामी र शोभा गौचनको जोडी काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय सेरिजअन्तर्गत मिक्स डबल्सको फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको सेमिफाइनल खेलमा दिपेश र शोभाको जोडीले मलेसियाका इभ्सगरन भासीगरन र धरसाइनी भासीगरनको जोडीलार्ई २१–१७, १६–२१ र २२–२० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । सोही स्पर्धाको अर्को सेमिफाइनलमा भने नेपालका रत्नजित र नङसालदेवी तामाङ्गको जोडी भारतका डेभ्लीकर र हरिका भेलुधर्थीको जोडीसँग २१–१६ र २१–७ को स्कोरमा पराजित भए ।

त्यस्तै शनिबार नै भएको पुरुष एकलतर्फको सेमिफाइनलमा भारतका एल साराङ्गले आफ्नै देशका राहुल भारद्धाजलाई २१–१७ र २१–१७ तथा भारतका एस जैसवालले भियतनामका लि डग फाटलाई २१–१८, १४–२१ र २१–१४ को स्कोरमा पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

त्यस्तै महिला एकलतर्फ भने इरानकी अघई हाजिअगाले म्यानमारकी थेट टार टुजारलाई २०–२२, २१–१८ र २५–२३ तथा हङकङकी डेङजोय छुनले भियतनामकी थी ट्याङलाई २१–१८ र २१–१९ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट