कालीकोटको तनाव रोकिएन, बिहान हटाइएको कफ्र्यु पुनः सुरु

प्रकाशित मिति: ९ पुष २०७४, आईतवार

कालीकोट, ९ पुस । शुक्रबार प्रहरी र म्यादी प्रहरीबीचको दोहरो झडपमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि कालीकोटको तनाव अझै रोकिएको छैन् । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि अर्काे आदेश नहुञ्जेलका लागि बिहान १० बजेदेखि पुनःसुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनःअर्काे सूचना नहुँदासम्मका लागि थप गरिएको बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कफ्र्यु लगाइएको थियो । आन्दोलनकारीले शनिबार राति कफ्र्यु जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । अहिले त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट