प्रहरी र म्यादी प्रहरीबीचको झडपमा दुई म्यादी प्रहरी गम्भीर घाइते

प्रकाशित मिति: ७ पुष २०७४, शुक्रबार

सुर्खेत, ७ पुस । कालीकोटमा शुक्रबार म्यादी प्रहरीको बिदाइका क्रममा पाउनुपर्ने जति पारिश्रमिक नपाएको भन्दै म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरी र म्यादी प्रहरीबीच झडप भएको छ । म्यादी प्रहरीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउदा दुई जना म्यादी प्रहरी गम्भीर घाइते भएका हुन् ।

अहिले सो क्षेत्रको प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । म्यादी प्रहरीले आफूले पाउनुपर्ने भन्दा पाँच हजार रुपैयाँ कम रकम दिइएको भन्दै विरोध जनाएका थिए । विवाद बढ्दै जाँदा प्रहरीले अश्रु ग्यासका साथै गोली चलाएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट