बालकुमारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

प्रकाशित मिति: ७ पुष २०७४, शुक्रबार

ललितपुर, ७ पुस । बिहीबार राति ललितपुरको बालकुमारीमा बा८च ८७२३ नम्बरको कार र बा८६प ९३९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा घर भई हाल बालकुमारीस्थित ओसियान अपार्टमेन्टमा बस्दै आएका १६ वर्षीय प्रकाश तामाङ रहेको प्रहरीले जनाएको छ । कार चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

राति पौने ८ बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्को ललितपुरमा राति पौने ९ बजे मृत्यु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट