कम्युनिष्ट साम्यवादीहरु प्रजातन्त्रवादी हुनै नसक्ने : कांग्रेस नेता निधि

प्रकाशित मिति: ६ पुष २०७४, बिहीबार

धनुषा, ६ पुस । कांग्रेसका नेता एवं पूर्व मन्त्री बिमलेन्द्र निधिले कम्युनिष्ट साम्यवादीहरु प्रजातन्त्रवादी हुनै नसक्ने तर्क गरेका छन् । बिहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दाबी गरेका हुन् ।

बामपन्थी गठबन्धनले दुई तिहाई बहुमतका साथ सरकार गठन गर्ने तयारी गरिरहेका बेला नेता निधिले कम्युनिष्टहरु अधिनायकवादी तानाशाही हुन भन्दै त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए । उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दाबी समेत गरे । साथै, उनले लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाबिला गर्न आफ्नो पार्टी तयार रहेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट