ज्योति इन्स्योरेन्स र एनएमबि बैंकबीच बैंकासुरेन्स सम्झौता

प्रकाशित मिति: ६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस । ज्योती लाईफ इन्स्योरेन्स कम्पनी र एनएमबि बैंकबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौता भएको छ । बैंकासुरेन्स सेवाको सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन् ।

बैंकमार्फत जीवनबीमा लेख सहजै खरीद गर्न सक्ने जनाइएको छ । जीवनयापनका क्रममा आइपर्न सक्ने दुर्घटना, अशक्तता, घातक रोग, असामयिक मृत्युको कारण परिवारजनमा पर्ने कठिनाइलाई सहज गराउन तथा भविष्यका लागि बचत तथा अवकास कोषको रुपमा समेत जीवन बीमाबाट लाभ लिन सक्ने भएकोले यो साझेदारीबाट बीमाको साक्षरता तथा पहुँच अभिवृद्धि गर्नमा अझ टेवा पुग्नेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ । कम्पनीका २३ वटा शाखा संजाल छन् । बैंकका ९० भन्दाबढी शाखा संजाल रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट