फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रकाशित मिति: ५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक/एकका दरले मूल्यवृद्धि गरेको छ । आयोगले यसअघि गत मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

हाल निगमको मासिक घाटा रु १९ करोड रहेकोमा पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा रु ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम गरिएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट