भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा आजदेखि ‘नेपाल पदयात्रा’

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

रसुवा, ४ पुस । आजदेखि रसुवामा २०७२ वैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा ‘नेपाल पदयात्रा’ सुरु हुने भएको छ ।

पुस ११ गतेसम्म संचालन हुने उक्त पदयात्रामा ७० जना भिक्षु भिक्षुणी र एक सय ५० जना नेपाली तथा विदेशीको सहभागिता रहने बताइएको छ ।

रसुवाको उत्तरगया गाउँपालिकाको मैलुङबाट सुरु हुने पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, गोङ्गाङ, थुमन टिमुरे हुँदै स्याफ्रुमा आएर सम्पन्न हुने छ ।

योङ्ग ड्रुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलको आयोजनामा उक्त पदयात्रा सुरु गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट