डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड’

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

काठमाडौं, ४ पुस । विभिन्न देशमा ब्रान्ड र यससम्बन्धी कार्यक्रम गरी अवार्ड प्रदान गर्दै आएको थाइल्यान्डको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले आयोजना गरेको नेपाल बेस्ट ब्रान्ड अवार्ड-२०१७ अन्तर्गत डिस होमले ‘इमर्जिङ ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ ।

सन् २००९ देखि सेवा सुरु गरेको डिस होमले नेपालमा डिजिटल टिभी सिग्नललाई नेपालभर विस्तार गर्दै आएको छ । डिस होम नेपालमै पहिलोपटक डिजिटल स्याटेलाइट टिभीको प्रविधि भित्र्याउने सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । डिस होमले इमर्जिङ ब्राण्ड अवार्ड कासाथै डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले ‘सीईओ अफ द इयर-२०१७’ को अवार्ड समेत प्राप्त गरेका छन् ।

कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवालाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको बताएका छन् । विभिन्न देशमा ब्रान्ड र यससम्बन्धी कार्यक्रम गरी अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट