लालबाबु पण्डितले बुझाए चुनावी खर्चको विवरण

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

काठमाडौं, ४ पुस । मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता लालबाबु पण्डितले जिल्ला निर्वाचन कार्यालय मोरङलाई चुनावी खर्चको विवरण बुझाएका छन् ।

एमालेभित्र राष्ट्रवादी छबी बनाएका पण्डित कांग्रेसका चर्चित नेता शेखर कोइरालालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । पण्डितले बुझाएको विवरणमा १३ लाख १६ हजार १७८ खर्च भएको उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ७२ बमोजिम उनले बुझाएको खर्च विवरणमा सबै भन्दा धेरै सवारी साधनमा २ लाख ४० हजार, प्रचार सामग्रीमा २ लाख ८ हजार ६१५, इन्धनमा ९८ हजार ५५०, गोष्ठी तथा कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४, प्रतिनिधि परिचालनमा ६२ हजार ५१४, कार्यालय खर्चमा १ लाख २० हजार ४७५ रुपयाँ खर्च भएको उल्लेख गरिएको छ ।

यस्तै मतदाता नामावली खरिदमा १५००, ढुवानीमा ३४ हजार ४६०, चुनाव प्रचारमा १ लाख ८७ हजार र अन्यमा ८३ हजार खर्च भएको उल्लेख गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट