गुनासो सम्बोधन गर्न हेलो सरकारबाट कल सेन्टर सुरु

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

काठमाडौं, ३ पुस । सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर सुरु गरेको छ । हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाका अनुसार हेलो सरकारले कागजविहीन र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पुर्याइ सम्बोधन गर्नका लागि कल सेन्टर सुरु गरिएको हो ।

सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्न सक्ने छन् । यसरी राखिएका गुनासोलाई तुरुन्तै त्यहाँका कर्मचारीले कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पुर्याउने छन् । कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था रहेको छ । कल सेन्टर सुरु भएपछि जो कोहीले पनि जिस्किएर हेलो सरकारको ११११ नम्बरमा फोन नगर्ने कर्मचारी रुपक अर्यालले बताए ।

अहिले तीनवटा ठाउँबाट कल सेन्टर सुरु गरिएको छ । बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन् । वि.सं.२०६८ कात्तिक १७ गतेबाट सुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरबाट पनि गुनासो लिने गरिएको छ । शाखा अधिकृत कोइरालाका अनुसार अहिले दैनिक १५ वटासम्म कल सेन्टरमा गुनासो आउने जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट