भारत च्याम्पियन

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

राजेशथापामगर
काठमाडौं, ३ पुस । दोश्रो दक्षिण एसियाली ग्रेप्लिङ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा साविकको विजेता भारतले कूल ५७ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नयाँ दिल्लीमा भएको पहिलो संस्करणमा पनि भारतले नै उपाधि जितेको थियो । नेपाल ग्रेप्लिङ संघद्वारा आयोजना गरिएको प्रतियोगितामा नेपाल ३८ स्वर्ण साथ दोश्रो भयो ।

सामाखुशीमा भएको दुई दिने प्रतियोगितामा नेपालबाट ९५ र भारतबाट १ सय गरी जम्मा १ सय ९५ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट