बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

काठमाडौं, ३ पुस । तराई क्षेत्रमा केही दिनदेखि हुस्सुका कारण जनजीवन प्रभावित हुँदै गएको छ । काठमाडौं उपत्यकासहित तराईका अधिकांश भागमा बाक्लो हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहान ६ बजे हुस्सुका कारण ‘भिजिबिलिटी’ ५० मिटरमात्र रहेको थियो ।

मौसमविद् राजु प्रधानाङ्गले पूर्वी क्षेत्रमा आंशिक बदली हुने, पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने तथा मध्य तथा पूर्वी तराईमा भने दिउँसो हुस्सु हट्ने सम्भावना रहेको जनाकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट