आज माओवादी केन्द्रको बैठक बस्दै

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

काठमाडौं, ३ पुस । मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न आज माओवादी केन्द्रको बैठक बस्दैछ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक माओवादीले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो ।

प्रवक्ता पम्फा भुसालका अनुसार एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको छ ।

नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भुसालले जानकारी दिएकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट