कालिका माइक्रोक्रेडिटले सेयरधनीलाई एक करोड ८४ लाख बढी लाभांश दिने

प्रकाशित मिति: २ पुष २०७४, आईतवार

काठमाडौं, २ पुस । आफ्ना सेयरधनीलाई एक करोड ८४ लाख २१ हजार ५३ रुपैयाँ लाभांश दिने कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले निर्णय गरेको छ ।

गत मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेकोमा २१.२१ प्रतिशत बोनस सेयरपछि कम्पनीको पूँजी ९ करोड ९९ लाख रुपैयाँ नाघ्ने छ ।

पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९५८ रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पूँजीको २१.२१ प्रतिशतले हुन आउने एक करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर बापत ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट