आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

प्रकाशित मिति: २ पुष २०७४, आईतवार

राजेश थापा मगर
काठमाडौं, २ पुस । नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८औँ कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा शनिबार भएको महिला ७३ केजीमा प्रतिज्ञाले आफ्नै क्लबकी मौसम कार्की तथा राष्ट्रिय टिमकी ज्ञानीले ६२ केजी तौल समूहमा ललितपुरकी शिवानी श्रेष्ठलाई पराजित गद स्वर्ण जितेकी हुन् ।

७३ केजी तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठ तथा ६२ केजी तौलमा आर्मीकी मन्दिरा कार्की र धादिङकी अनिता घलले कास्य जिते । त्यस्तै महिला ४६ केजी तौलमा राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी प्रहरीकी रेजिना कार्कीले एपिएफकी वर्षा थापालाई हराउँदै स्वर्ण जितिन् भने एपिएफकी संगीता श्रेष्ठ र आर्मीकी कुसमनी चौधरीले कास्य पदक जिते ।

यता ४९ केजीमा आर्मीकी काजल श्रेष्ठले स्वर्ण, एपिएफकी अस्मीता खड्काले रजत तथा आर्मीकी कल्पना चौधरी र बीनीका जोशीले कास्य जिते । ५३ केजीमा प्रहरीकी निमा गुरुङले स्वर्ण, ललितपुरकी दीक्षा कार्कीले रजत र आर्मीकी मुस्कान र नुवाकोटकी सबीता पुडासैनीले कास्य जिते ।

महिलातर्फ कै ५७ केजी तौल समूहमा प्रहरीकी सीता तामाङले स्वर्ण, आर्मीकी नम्रता तुलाधरले रजत तथा आर्मीकी रेश्मा थापा र एपिएफकी गीता बिस्टले कास्य पदक जिते । ६७ केजी तौलमा एपिएफकी संगीता बस्यालले स्वर्ण, एपिएफकै अनुमाया तामाङले रजत तथा आर्मीकी पुजन विष्ट र ललितपुरकी दीपीका नगरकोटीले कास्य पदक हात पारे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट