उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने

प्रकाशित मिति: २ पुष २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, २ पुस । नेपाल एसीसी यू-१६ ईष्ट्रन रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिबार थाइल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा भएको सेमिफाईनल खेलमा नेपालले मलेसियलाई ७२ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३४ ओभरमा ८ विकेट गुमाउदै १ सय २७ रन बनाएको थियो । नेपालको लागि प्रतिश जिसीले सर्वाधिक २५, सुनिल भण्डारी र नारायण जोशीले समान १७-१७, विशालबिक्रम केसीले १५, तृत राज दासले १३, राजन मगर र रित गौतमले ११-११, कुशल मल्ल र निखिलकुमार सिंहले ६-६ तथा सुर्य तामाङले १ रन बनाएका थिए ।

मलेसियाका मोहम्मद अफिकले ३ तथा अस्लाम खानले २ विकेट लिएका थिए । जारी प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेको नेपालले मलेसियाविरुद्ध पनि सोही लयमा बलिङ गर्दै ५-५ रनमा अलआउट गर्यो । मलेसियालाई सस्तैमा समेटन नेपालका सुर्य तामाङले ४ र प्रतिश जिसीले ३ विकेट लिएका थिए । मलेसियाका सन्देश सुप्रमनियनले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

त्यस्तै शनिबार नै भएको दोस्रो सेमिफाईनलमा सिंगापुरले हङकङलाई ८ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । अब उपाधि भिडन्तका लागि आईतबार नेपालले सिंगापुरको सामना गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट