छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: १ पुष २०७४, शनिबार

काठमाडौं, १ पुस । आज बिहान प्रम निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तामा आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री देउवाले बताएका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको जानकारी दिए । बाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री देउवाले बधाईसमेत दिएका हुन् ।

राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रम देउवालाई आग्रह गर्दै अध्यक्ष प्रचण्डले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट