धादिङको बेनीघाटमा बसलाई ट्रकले ठक्कर दिँदा ४० जना घाइते

प्रकाशित मिति: १ पुष २०७४, शनिबार

धादिङ, १ पुष । शनिबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट गाउँपालिका-१० मौवा खोलामा बसलाई ट्रकले ठक्कर दिँदा ४० जना घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिन जाँदै गरेको ना४ख १६७४ नम्बरको ट्रकले टिकापुरबाट काठमाडौं आउँदै गरेको ना४ख ४४२० नम्बरको बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर कृष्णराज सापकोटाका अनुसार ओभरट्याक गर्ने क्रममा ट्रकले बसलाई ठक्कर दिएपछि बस सडकमा पल्टिएको थियो ।

सडकको बीचमा बस पल्टिएका कारण राजमार्गमा एकतर्फी रुपमा मात्र सवारी चलेको प्रहरीले जनाएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट