नेपालले पहिलो खेलमा बंगलादेशको सामना गर्ने

प्रकाशित मिति: १ पुष २०७४, शनिबार

राजेश थापा मगर
काठमाडौं, १ पुष । पौष २ गतेदेखि बंगलादेशको ढाकामा हुने साफ यू-१५ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ ।

नेपाल सहित भारत, बंगालदेश र भुटानको सहभागिता रहने प्रतियोगिताको दोस्रो खेलमा नेपालले पौष ४ गते भारतको सामना गर्नेछ । त्यस्तै लिग चरणको अन्तिमा खेलमा नेपालले पौष ६ गते भुटानको सामना गर्नेछ । राउण्ड रविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम प्रतियोगिताको उपाधिका लागि पौष ९ गते प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाली टिमलाई शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी राखेपका सदस्य सचिक केशवकुमार बिष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिदाई गरेका थिए । नेपाली टिम शुक्रबार नै बंगलादेश प्रस्थान गरेको छ । नेपाली टिमको कप्तानी प्रिति राईले गर्नेछिन् भने प्रशिक्षकमा गंगा गुरुङ रहेकी छिन् ।

त्यस्तै नेपालको तर्फबाट अञ्जना राई र राधिका शाक्यले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अञ्जना र राधिका नेपाली टिमसँगै शुक्रबार ढाका प्रस्थान गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट