स्याङ्जामा समानुपातिकतर्फ एमाले पहिलो स्थानमा

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

स्याङ्जा, २९ मंसिर । स्याङ्जामा सार्वजनिक भएको समानुपातिकतर्फको मत परिणामअनुसार एमालेले प्रतिनिधिसभा तर्फ ६१ हजार ५ सय २४ र प्रदेशसभा तर्फ ५८ हजार ६४ मत ल्याउँदै पहिलो स्थान ओगटेको छ । एमालेले पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभामा २ र प्रदेश सभामा २ स्थानमा जीत हात पारेको थियो ।

कांग्रेसले प्रतिनिधिसभामा ५५ हजार ३ सय ४६ मत र प्रदेशसभा तर्फ ५३ हजार ८ सय १ मत प्राप्त गरेको छ । समानुपातिकमा दोस्रो भएको कांग्रेसले पहिलो हुने निर्वाचनमा स्याङ्जामा १ प्रदेशमा मात्रै जीत हात पारेको थियो ।

त्यस्तै बामगठबन्धनको अर्को घटक माओवादी केन्द्रले ७ हजार ४ सय ४५ मत प्राप्त गर्दै तेस्रो भएको छ । माओवादीले प्रदेशतर्फ भने ९ हजार ७ सय ५५ मत पाएको छ जुन प्रतिनिधीसभामा पाएको मत भन्दा २ हजार ३ सय १० मत धेरै हो । स्याङजामा उम्मेदवार नै नभएको विवेकशिल साझा पार्टी चौथोबनेको छ जसले प्रतिनिधि सभा तर्फ ३ हजार २ सय ३० मत पाएको छ त्यस्तै प्रदेश तर्फ २ हजार ५३ मत पाएको छ भने राप्रपाले प्रतिनिधिसभा तर्फ २ हजार ४ सय ३० र प्रदेश तर्फ १ हजार ८ सय ३ मत पाएको छ ।

यस्तै जनमुक्ती पार्टीले प्रतिनिधिसभा तर्फ ७ सय १६ र प्रदेश तर्फ ६ सय ४९ मत ल्याउँदै छैठौ स्थान, नयाँ शक्तीले प्रतिनिधीसभा तर्फ ५ सय ३८ र प्रदेश तर्फ ५ सय ४६ मतका साथ सातौ स्थान बनाएको छ । स्याङ्जामा २ लाख १० हजार ३८ मतदाता रहेकोमा १ लाख ३९ हजार ५ सय ४९ मत खसेको थियो ।

जसमध्ये प्रतिनिधि सभा तर्फ ६ हजार ६ सय १२ मत बदर भएको छ भने प्रदेश तर्फ ११ हजार १ सय ९३ मत बदर भएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको स्याङ्जामा एक प्रदेशसभामा कांग्रेसले विजयी हासिल गरेको छ भने ५ बामगठबन्धनले विजयी हासिल गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट