माइक्रो बस र बस एक आपसमा ठोक्किँदा १५ जना घाइते

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

तनहु, २९ मंसिर । पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नं को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार माइक्रो बसले उछिन्ने क्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट