सरकारले गर्यो चीनसँग दर्जनौं विकासका प्रस्ताव

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २९ मंसिर । नेपाल सरकारले चीनकोे बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत एक दर्जनभन्दा बढी विकासका प्रस्ताव अगाडि बढाउने उद्देश्यका साथ संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत् प्रसारण लाइन एवं सञ्चारसँग जोड्ने कार्यलाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो ।

सरकारले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, केरुङ–काठमाडौं राजमार्ग, काठमाडौं उपत्यका बाहिरी चक्रपथ, नेपाल–चीन प्रसारण लाइन, सुनकोशी मरिन डाइभर्सन, चन्द्रगिरिको तल भूमिगत पानी तान्नेलगायत केही खानेपानी आयोजना, मध्यपहाडी क्षेत्रमा सिँचाइ आयोजना प्रस्तावका लागि तयार गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल र चीनको प्राथमिकताअनुसार विकासका योजना अगाडि बढ्ने भएकाले एक आपसमा छलफल गरेर सरकारले आयोजना आगाडि बढाउने जनाएको छ ।

चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुबै मुलुकको स्वार्थ मिल्ने गरी प्रस्तावहरु छलफलका लागि अगाडि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट