समानुपातिकतर्फको मतगणना आज सकिँदै

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २९ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मत गणना सकिएपछि सुरु भएको समानुपातिकतर्फको मतगणना आज सकिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याउँदै अग्रता कायम राखेको छ ।

हालसम्म गणना गरिएको करिब ८७ लाख मतमध्ये एमालेले २९ लाख ४७ हजार मत प्राप्त गर्दै पहिलो स्थान बनाएको छ भने कांग्रेसले २८ लाख ६७ हजार मत प्राप्त गर्दै दोस्रो स्थान ओगटेको छ ।

यस्तै माओवादी केन्द्रले ११ लाख ८४ हजार, संघीय समाजवादी फोरमले ४ लाख १७ हजार, राजपाले ३ लाख ८१ हजार, विवेकशील साझा पार्टीले १ लाख ९७ हजार, राप्रपाले १ लाख ८८ हजार, नयाँ शक्ति पार्टीले ७५ हजार, राप्रपा प्रजातान्त्रिकले ७४ हजार, नेपाल मजदुर किसान पार्टीले ५२ हजार मत पाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले अरु दलले ३ लाख १७ हजार मत प्राप्त गरेको जनाएको छ । निर्वाचन आयोगले आजसम्ममा समानुपातिकतर्फको मतगणना सकिने जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट