एक लाख घुससहित नायब सुब्बा पक्राउ

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार

भक्तपुर, २८ मंसिर । आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको छ । उनलाई मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनलाई सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर १५ हजार बुझाइसकेपछि पनि थप एक लाख रुपैयाँ घुस मागेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट