रहेनन् बलिउड अभिनेता तथा निर्देशक नीरज बोरा

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार

मुम्बई । सत्या, फिर हेरा फेरी र दौड जस्ता चर्चित फिल्मका लागि चिनिने बलिउड अभिनेता, लेखक र निर्देशक नीरज बोरा को आज निधन भएको छ । गत एक वर्षदखि कोमामा रहेका ५४ वर्षीय नीरजको आज तड्कास्थित एक अस्पतालमा मृत्यु भएको हो ।

नीरजलाई मस्तिष्कघात भएर ह्दयघात भएको थियो । जसका कारण उनी कोमामा गएका थिए । उनलाई अक्टुबर २०१६ मा निर्माता फिरोज नाडियावालाले आफ्नो घरमा लगरे घरमै अस्थायी आईसीयू कक्ष बनाएर उपचार गराइरहेका थिए ।

बुधबार राती स्वास्थ्य अवस्था बिग्रेपछि नीरजलाई अस्पताल लगिएको थियो । अस्पतालमा नै उनको निधन भएको हो । नीरजको आज नै अन्त्येष्टि गरिने छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीरजको निधन भएकोमा शोक व्यक्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट