अझै १७ जिल्लाको समानुपातिकतर्फको मतगणना बाँकी

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २८ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको अझै बाँकी १७ जिल्लाको मतगणना जारी छ । समानुपातिकतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएकोले बिहान १० बजेसम्म ७६ लाख ८४ हजार तीनसय २८ मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म नेकपा एमालेले २६ लाख ३१ हजार नौसय ९१, कांग्रेसले २५ लाख ४६ हजार ६९, माओवादी केन्द्रले १० लाख ४५ हजार चारसय ४६, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५१ हजार पाँचसय २५, राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ९५ हजार चारसय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ७५ हजार पाँचसय ९०, विवेकशील साझा पार्टीले एक लाख ७३ हजार सातसय ९७, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार दुईस्य ४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार आठसय ९२, नेपाल मजदुर किसान पार्टीले ५० हजार चारसय एक र अन्य दलले दुई लाख ८० हजार आठसय २६ मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट