निर्वाचन जितेसँगै घरदैलोमा लागिन् बिना

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार

कञ्चनपुर, २८ मंसिर । बाम गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी प्राप्त गरेसँगै मतदातालाई भेट्न घरदैलो अभियान सुरु गरेकी छन् ।

बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बिना बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी-बेलडाँडी सडक निर्माणको कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताइन् ।

मतदाताको मतको कदर गर्दै बिनाले आफूलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै गुनासो सम्बोधनका लागि घरदैलो अभियान सुरु गरेको जानकारी दिइन् । उनले लगत्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताइन् ।

यो पनि पढ्नुहोस् :
कञ्चनपुर १ बाट बिना मगर भारी मतले निर्वाचित


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट