सामाखुसीमा गण्डकी बैंकको शाखा विस्तार

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

काठमाडौं, २७ मंसिर । सामाखुशीमा गण्डकी विकास बैंकको शाखा विस्तार भएको छ । उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे ।

सो अवसरमा डेपुटी गभर्नर श्रेष्ठले गण्डकी विकास बैंक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँदै बैंक परिवारलाई हार्दिक बधाइ समेत दिए । उनले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताए ।

स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट