इँटाको चाङ्ग भत्किँदा आठ घाइते, एकको मृत्यु

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

चितवन, २७ मंसिर । मंगलबार चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा आठजना घाइते भएका छन भने एकजनाको मृत्यु भएको छ । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर सो घटना भएको हो ।

प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेकी छिन् । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रहरीले अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट