स्याङ्जा-२ बाट शिक्षामन्त्री गोपालमान श्रेष्ठ पराजित, एमालेकी पद्मा अर्याल विजयी

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

काठमाडौं, २७ मंसिर । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा-२ बाट पराजित भएका छन् ।

यो सँगै स्याङ्जाको सबै स्थानको नतिजा बाहिरिएको छ । श्रेष्ठ ३ हजार ७ सय ६ मतान्तरले एमालेकी पद्मा अर्यालसँग पराजित भएका हुन् ।

एमालेकी अर्यालले ३५ हजार १ सय ४२ मत ल्याउँदै जित पारेकी हुन् । श्रेष्ठ भने ३१ हजार ४ सय ३६ मतमा रोकिएर पराजित भएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट