कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही-४ बाट विजयी

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार

सर्लाही, २६ मंसिर । कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेता सिंहले २९ हजार ६ सय ७५ मत ल्याउँदै आफ्नो जित सुनिश्चित गरेका हुन् ।

राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका थिए । नेता अमरेशकुमारले मिश्रलाई १५ सय ३९ मत अन्तरले हराएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट