रिपोर्टर नेपाल समाचार
सर्लाही, २६ मंसिर । कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेता सिंहले २९ हजार ६ सय ७५ मत ल्याउँदै आफ्नो जित सुनिश्चित गरेका हुन् ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रले २८ हजार १ सय ३६ मत ल्याएका थिए । नेता अमरेशकुमारले मिश्रलाई १५ सय ३९ मत अन्तरले हराएका हुन् ।