उदरपुर १ मा कांग्रेसका डा.खड्का विजयी

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

उदयपुर, २५ मंसिर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभाको सदस्यका लागि कांग्रेसका उम्मेदवार डा.नारायण खड्काले ३३ हजार एकसय ४२ मत प्राप्त गरी विजयी भएका छन् । कांग्रेसका डा.खड्काले निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका मञ्जुकुमारी चौधरीलाई पाँचसय ४८ मतको अन्तरले पराजित गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार पाँचसय ९४ मत प्राप्त गरेका छन् । खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं.१ बाट विजय हासिल गर्दै आएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट