काभ्रे १(ख) र २(क) मा क्रमशः एमालेका लामा र लम्साल विजयी

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

काभ्रेपलाञ्चोक, २५ मंसिर । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं.१ अन्तर्गत प्रदेशसभा (ख) बाट बाम गठबन्धनतर्फबाट एमालेका चन्द्र लामा विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनको कांग्रेसका गणेश लामालाई चार हजार एकसय ७७ मतान्तरले पराजित गरेका हुन् ।

एमालेका लामाले २४ हजार चारसय ७७ मत ल्याएर विजयी हुँदा कांग्रेसका लामाले २० हजार दुईसय ७० मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं.२ को (क) मा बाम गठबन्धनका एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका कांग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

लम्सालले २७ हजार छसय २१ मत प्राप्त गरेर विजयी हुँदा आर्चायले १६ हजार पाँचसय ८९ मत प्राप्त गरेका छन् । यसअघि प्रतिनिधिसभा क्षेत्र नं.१ अन्तर्गत प्रदेशसभा (क) मा पनि बाम गठबन्धनको माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार एकसय छ मत ल्याएर विजयी भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट