कञ्चनपुर १ बाट बिना मगर भारी मतले निर्वाचित

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छिन् । उनले प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार दुईसय ४८ मतअन्तरले पराजित गरेकी हुन् ।

निर्वाचित बिनाले ३८ हजार चारसय ६७ र कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार दुईसय १९ मत प्राप्त गरेका छन् । यसअघि उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा एमालेका अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर कांग्रेसकी विष्टसँग पराजित भएकी थिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट