चितवन-३ बाट जिते प्रचण्डले

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

चितवन, २५ मंसिर । प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।

बाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत ल्याउँदै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् । प्रचण्डले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९,३२७ मन्तारले पराजित गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट