नवलपरासीबाट कांग्रेसका महामन्त्री डा.कोइराला र कण्डेल विजयी

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

नवलपरासी, २५ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट कांग्रेसका महामन्त्री डा.शशांक कोइराला ३४ हजार सातसय ८४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार पाँचसय २३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट कांग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार एकसय ३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार आठसय ९८ मत प्राप्त गरेका छन् ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट एमालेका उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णु काकीले ३७ हजार सातसय २० मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट