झापा ३ मा कांग्रेसका कृष्ण सिटौलालाई हराए राप्रपाका लिङ्देनले

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

झापा, २४ मंसिर । झापा क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका राजेन्द्रकुमार लिङ्देन विजयी भएका छन् । उनले ४४ हजार छसय १४ मत प्राप्त गरी उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन् ।

त्यस्तै सिटौलाले ३१ हजार एकसय ७१ मत प्राप्त गरे । सोही क्षेत्रको प्रदेशसभा(क) मा बाम गठबन्धनतबाट एमालेका वशन्तकुमार बानियाँले २२ हजार छसय ५३ मत र प्रदेशसभा (ख) मा बाम गठबन्धनबाटै माओवादी केन्द्रका उम्मेदवार पूर्णप्रसाद राजवंशीले २२ हजार ६५ मत प्राप्त गरी विजयी भएका छन् । बानियाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूमिप्रसाद राजवंशीले १७ हजार पाँच र राजवंशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै भगिरथ पोदारले १४ हजार सातसय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै झापा २ को प्रदेशसभा सदस्य (क) मा बाम गठबन्धनबाट एमालेका एकराज कार्की २१ हजार दुईसय ८४ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले १२ हजार सातसय २२ मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट