पाँचथरमा बाम गठबन्धनको ‘क्लिन स्विप’

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

पाँचथर, २४ मंसिर । पाँचथरमा प्रतिनिधिसभाको एक तथा प्रदेश सभाका दुवै सिटमा विजय हासिल गर्दै बाम गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ ।

आइतबार बिहान १० बजे सम्पन्न प्रदेशसभा सदस्यको मतगणनाबाट पाँचथरमा तीनै पदमा बाम गठबन्धनले विजय हासिल गरेको हो । प्रतिनिधिसभा सदस्यमा गठबन्धनका बसन्तकुमार नेम्वाङ १०,६१६ मतान्तरले शनिबार नै विजय घोषित भइसकेका छन् ।

आइतबार घोषित परिणामअनुसार प्रदेशसभा तर्फ पाँचथर क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार गणेश काम्बाङ विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका नरेन्द्रकुमार केरुङलाई ४,९३२ मतले पछि पार्दै जित हात पारेका हुन् । काम्बाङले २१,०१० मत प्राप्त गरे भने केरुङले १६,०७८ मत प्राप्त गरेका छन् ।

यस्तै पाँचथर क्षेत्र नं. २ बाट बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर आङ्बो ‘मौसम’ विजयी भएका छन् । आङ्बोले प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सुरेन्द्रकुमार दाहाललाई ४,७९१ मतले पछि पार्दै विजय हासिल गरेका हुन् । आङ्बोले १६,९०८ मत प्राप्त गरे भने दाहालले १२,११७ मत प्राप्त गरे ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट