कैलाली-५ मा ३ हजार बढी मतले पछि परिन् प्रधानमन्त्री पत्नी आरजु

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

काठमाडौं, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएकी कांग्रेस उम्मेदवार तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई बामगठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनी रानाले ३ हजार ३ सय ६६ मतले पछि पारेका छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका एमालेका नारदमुनीले २३ हजार ३० मत पाएका छन् भने आरजुको पक्षमा १९ हजार ६ सय ७६ मत आएको छ ।

कैलाली ५ को प्रतिनिधिसभामा कूल ६१ हजार ९ सय ३४ मत खसेकोमा अहिलेसम्म ५१ हजार ९ सय ५० मत गणना हुँदा २ हजार ४ सय ६२ मत बदर भएको खबर छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट