पाँचथरमा प्रदेशसभातर्फ बामगठन्धनका दुवै उम्मेदवारको अग्रता

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

पाँचथर, २३ मंसिर । पाँचथरमा प्रदेशसभा सदस्यमा दुवै तर्फ बामगठबन्धनले अग्रता हासिल गरेका छन् । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा बामगठबन्धन विजयी भइसकेको छ ।

प्रदेशसभा सदस्य तर्फ पाँचथर क्षेत्र नं १ मा बामगठबन्धनका गणेशकुमार काम्बाङले १,६८१ मतका साथ अग्रता हासिल गरेका छन् । काम्बाङले ४,९५२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका नरेन्द्रकुमार केरुङे ३,२७१ मत प्राप्त गरेका छन् ।

यस्तै पाँचथर क्षेत्र नं २ मा बामगठबन्धनका इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले १,१३८ मतका साथ अग्रता हासिल गरेका छन् । आङ्बोले ४,४४५ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका सुरेन्द्रकुमार दाहालले ३,३०७ मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट