काठमाडौं क्षेत्र नम्बर २ मा माधवकुमार नेपाल विजयी

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन् । नेता माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत ल्याउँदै जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका दिपक कुइँकेल १४ हजार ९ सय २ मत ल्याउँदै पराजित भएका छन् भने विवेकशील साझा पार्टीका नेता सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएर तेस्रो भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट